११ बैशाख २०८१, मंगलबार

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस (कोभिड-१९)

१९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीमा बिहान थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका २ जना र विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।

पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको छ । प्रवक्ता डा. शर्माका अनुसार कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षीय २ जना पुरुषहरु रहेका छन् । साथै विनयत्रिवेणी गाउँपालिकाको संक्रमित १४ वर्षीय किशोरमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।

उनीहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भईरहेको शर्माले जानकारी दिएका छन् । कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

साथै उनका अनुसार म्याग्दीमा ३ जनामा स्क्रब टाइफसको देखिएको छ । यसका साथै म्याग्दीमा ९ जना, कास्कीमा ५ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना र बाग्लुंगमा १ जना गरी गण्डकी प्रदेशमा १६ जनामा डेंगुको संक्रमण समेत देखिएको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !