११ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५६ संक्रमित


डा. विकास देवकोटा

१५ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । नेपालमा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । यसअघि हिजो बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३/३ जना, दोलखा र कैलाली २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका १/१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार धनुषामा ४ वर्षिया बालिका र ८ वर्षीय बालक सहित १४ देखि ७० वर्ष उमेर समूहका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका २० जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

साथै महोत्तरीका १५ देखि ४५ वर्ष उमेर समुहका १७ जनाको कोरोना संक्रमण देखिएको छ । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १४ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसका साथै मन्त्रालयका अनुसार दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतकै १३ जना, बझाङका १ जना र पहिचान खुल्न नसकेकी १ जना महिला गरी १५ जनामा कोरोना पुष्टि भएको छ । दोलखाका १९ र २० वर्षीय २ जना पुरुष, सोलुखुम्बुका ५५ वर्षीय पुरुष १ जना, मकवानपुरका ५० वर्षीय पुरुष १ जना र नवलपुरका १९ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पोखरामा गरिएको परीक्षणमा स्याङ्जामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । २२ र २६ वर्षीय पुरुष २ जना र ४९ वर्षीया महिला १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष १ जना, कैलालीका २५ र ३० वर्षीय २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ जना र बाँकेका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ५१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई १८७ जनाले जितेर घर फर्किएका छन् । नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना र ललितपुरमा १ जना गरी ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरसवाट नेपालमा पाँचौ व्यक्तिको मृत्यु पुष्टि

नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ११४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !