८ बैशाख २०८१, शनिबार

दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै


कोरोना भाइरस

दुल्लु, १४ जेठ । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै दिनहुँ दैलेखका विभिन्न स्थानमा परीक्षणका क्रममा सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ ।

जेठ ५ गते आठबीस नगरपालिका वडा नं १ सत्ताला गाउँका ३५ वर्षीय युवकमा कोरोना पुष्टि भएसँगै मङ्गलबारसम्म यो क्रम बढेको छ । जिल्लाको पश्चिम आठबीस नगरपालिकामा देखापरेकोमा अहिले सदरमुकामसहित छिमेकी जिल्ला सुर्खेतसँग सीमा जोडिएको गुराँस गाउँपालिका–२ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सङ्क्रमित सङ्ख्या बढेर आठ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ ५ गते कर्णाली प्रदेशकै पहिलो आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवक, सोमबार सदरमुकामस्थित नारायण नगरपालिका वडा नं ३ का १५ वर्षीय बालक, सोही वडा निवासी १८ वर्षीय किशोर, डुङ्गेश्वर गाउँपालिका वडा नंं १ का २७ वर्षीय र सोही वडाका ३५ वर्षीय अर्का युवा र २५ वर्षीया महिला मङ्गलबार गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय दुई युवामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमितको सङ्ख्या बढेर आठ पुगेको छ ।

दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेर जानु र भारतबाट सयौँको सङ्ख्यामा जिल्लामा उद्धार गरी ल्याएर व्यवस्थापन गर्न सकिएन भने जिल्लामा कोरोना सहज भएको रेखाङ्कनबाट जटिल रेखाङ्कनमा उन्मुख हुने अधिकारकर्मीले बताएका छन् । सङ्क्रमित सबै आठजना नै भारतबाट पछिल्लो समयमा उद्धार गरी ल्याइएका व्यक्ति हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !