८ बैशाख २०८१, शनिबार

राससकर्मीसहित १५२ को स्वाब सङ्कलन


स्वाब संकलन

जीतपुर, १४ जेठ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा १५२ जनाको आज स्वाब सङ्कलन गरिएको छ । स्थानीय सिद्धार्थ क्याम्पसमा १७ सञ्चारकर्मी, १३ जनप्रतिनिधि, २८ कर्मचारी, दुई सुरक्षाकर्मी, ५५ क्वारेन्टिनमा बसेका र ७७ जना नगरवासीकोे स्वाबको नमूना संकलन भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

सञ्चारगृहमा कार्यरत दुई सञ्चारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि राससकर्मी, सामुदायिक रेडियो तथा टेलिभिजन ‘बुद्धआवाज‘मा कार्यरत सञ्चारकर्मी र कर्मचारीको स्वाब सङ्कलन गरिएको हो । सम्पर्कमा रहेका अन्य सञ्चारकर्मीमा कोरोनो भएनभएको जाँच गरिनाका साथै दुई सञ्चारकर्मीका परिवार र नजीक सम्पर्कमा आएकाहरुको पनि परीक्षणका लागि नमूना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो ।

कपिलवस्तुमा तीन सञ्चारकर्मीमध्ये एक एन्फा एकेडेमी देवीनगर रुपन्देही र दुई जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा छन् । तीन सञ्चारकर्मीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।

वाणगङ्गा नगरका १३ जनप्रतिनिधिको पनि आज स्वाब सङ्कलन भएको छ । नगरका जनप्रतिनिधिमा नतिजा पोजेटिभ देखिएपछि उहाँसँगको नजीकको सम्पर्कमा रहेकाहरुको स्वाव स्कलन गरिएको स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले बताउनुभयो । सञ्चारकर्मीसहित १५२ जनाको केही दिनमै नतिजा आउने र परीक्षणका लागि सङ्कलित स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाले यसअघि सङ्क्रमित पुष्टि भएका सबैको कन्ट्याक ट्रेसिङ सम्पन्न गरेको छ । जिल्लामा अहिलेसम्म १०९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !