१३ बैशाख २०८१, बिहिबार

कोशी अस्पतालवाट कोरोना जितेर थप ४ जना घर फर्किए


विराटनगरका ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्कने

१४ जेठ, विराटनगर । विराटनगरस्थित कोशी कोभिड-१९ अस्पतालमा उपचाररत थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार आज उदयपुर भुल्केका ३ जना महिलाहरु र १ जना पुरुष गरी ४ जना काेराेनामुक्त भई अस्पतालवाट डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !