८ बैशाख २०८१, शनिबार

हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा देखियो कोरोना संक्रमण


गर्भवती महिलामा देखियो कोरोना संक्रमण

हेटौंडा, जेठ १४ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौंकी टोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि भएपछि उनलाई भरतपुरस्थित आईसोलेसनमा लगिएको छ । उनका श्रीमानको पनि स्वाब संकलनको तयारी गरिएको छ । साथै उनको परिवारलाई होम क्वारेन्टाइनमा राखेर अहिले कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको छ ।

संक्रमित भेटिएपछि हेटौंडाको चौकी टोलवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । उनी बस्दै आएको घर भने शील गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !