१३ बैशाख २०८१, बिहिबार

भारतबाट आएका रौतहटका थप ३५ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

रौतहट, जेठ १४ । रौतहट जिल्लामा आज बुधबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । आज काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २८ जना र हेटौंडामा गरिएको परीक्षणमा ७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

जस अनुसार चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका गढीमाई नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै गौर नगरपालिकामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहीगोनाहीमा २ जना, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । प्राप्त जानकारी अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरूलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !