१३ बैशाख २०८१, बिहिबार

पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर


पर्साबाट थप २१ जना कोरोनालाई जितेर फर्किए घर

वीरगन्ज, जेठ १४ । पर्सा जिल्लाबाट थप २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएर घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालका चिकित्सको निगरानीमा संचालन भएको गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेकाहरुको चार पटक सम्मको पिपिआर टेस्ट रिर्पोट नेगेटिभ आएपछि हिजो अवेर राती डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई हिजो राति अस्पतालवाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने सबै पर्सा जिल्लाकै रहेको अस्पतालले जनाएको छ । बैशाख ३ गतेदेखि अस्पतालको आइसुलेसन वाडमा भर्ना रहेका ५ महिलाहरुसहित १६ जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

पर्सा जिल्लामा उपचारमा रहेका ९६ जनामध्ये ९१ जना उपचारपछि निको भई घर फिर्ता भएका छन भने ५ जना अझै गण्डक अस्पतालमा उपचाररत रहेका छन् । यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !