१२ बैशाख २०८१, बुधबार

क्रियाशील पत्रकारको कोरोना बीमा


पत्रकार

सर्लाही, १३ जेठ । जिल्लामा क्रियाशील पत्रकारको कोरोना बीमा शुरु भएको छ । फ्रण्टलाइनमा रहने पत्रकार कोरोनाको उच्च जोखिममा रहेकाले उनीहरुको कोरोना बीमा गर्न शुरु गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताउनुभयो ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको र त्यसबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेकाले उनीहरुको बीमा गर्न शुरु गरिएको महासङ्घका अध्यक्ष ठाकुरले बताउनुभयो ।

छिमेकी देश भारतसँग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको ५१ किलोमिटर क्षेत्रफल खुला रहेका कारण पनि जिल्लामा कोरोना सङ्क्रमणको जोखिम छ भने जोखिमका बीच पनि फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारप्रति लक्षित गरी कोरोना बीमा गर्न लागिएको महासङ्घ शाखाले जनाएको छ ।

जिल्लामा क्रियाशील पत्रकारको बीमाका लागि नेपाल पत्रकार महासङ्घ केन्दीय कार्यालयबाट समेत परिपत्र भइसकेकाले पनि कोरोना बीमामा आवद्ध हुन जिल्लाका पत्रकारलाई सूचना गरिसकेको महासङ्घ सर्लाही शाखाले जनाएको छ ।

जिल्लामा महासङ्घमा आवद्ध ६७ र स्थानीय विभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाइनमा क्रियाशील करिब १०० पत्रकारको बीमा गरिने भएको हो । उहाँका अनुसार बीमा गर्नका लागि पत्रकारले नागरिकता पमाणपत्रको फोटोकपी एकप्रति र पासपोर्ट साइजको फोटो एकप्रति उपलब्ध गराउनुपर्ने छ । तोकिएका कागजात जेठ १३ आज बेलुका ४ बजेसम्म शाखाको कार्यालय मलङ्गवामा उपलब्ध गराइदिन महासङ्घ सर्लाही शाखाका अध्यक्ष ठाकुरले जिल्लाका सबै क्रियाशील पत्रकारलाई आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !