७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो, आज राती थपिए कोरोनाका नयाँ ९ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

९ जेठ, काठमाडौं । नेपालमा आज राती कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सह-प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ, वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परीक्षणमा थप नयाँ ९ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार बारा, सप्तरी, भक्तपुर र मकवानपुर जिल्लामा संक्रमण पुष्टि भएको हो ।

आज साँझ थपिएकाहरुमा बारा जिल्लाको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय ६ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सप्तरी जिल्लाको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष १ जना, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला १ जना र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिला १ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ५०७ थियो भने आज फेरि साँझ ९ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ७० पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो, आज दिउसो थपिए कोरोनाका नयाँ २० संक्रमित

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !