७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ४५७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

८ जेठ, काठमाडौं । नेपालमा आज राती कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सह-प्रवक्ता  डा. अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ जनामा कोरोना पुष्टि भएको हो । जस अनुसार बाँकेका २ जना र कपिलवस्तुका १ जनामा संक्रमण पुष्टि भएको हो ।

आज राती थपिएकाहरुमध्ये बाँकेका नरैनापुर-३ निवासी ३२ वर्षीय पुरुष १ जना र खजुरा-३ निवासी ४२ वर्षीया  महिला १ जनालाई तथा कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष १ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४५३ थियो भने आज राती फेरि ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४९ पुगेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना र गुल्मीको १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ ९ संक्रमित

नेपालमा ४९ जनाले जिते कोरोना, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !