८ बैशाख २०८१, शनिबार

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु नभएको क्रिमसन अस्पतालको दावी


अस्पताल सिल

जेष्ठ ७, रूपन्देही । कोरोना भाइरस संक्रमण पुष्टि भएका शिक्षकको मृत्यु नभएको बताएको छ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो । अस्पतालले विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि जनाएको छ ।

(नोट : यसअघि प्रकाशित समाचारका कारण परिवारजन, आफन्त र पाठक वर्गमा पर्न गएको असुविधाप्रति नेपालपत्र क्षमापार्थी छ ।)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !