१३ बैशाख २०८१, बिहिबार

कोरोना सङ्क्रमणबाटआमाको मृत्यु भएपछि शिशुको लागि आर्थिक सहयोग


काठमाडौँ, ७ जेठ । कोरोना भाइरको सङ्क्रमणबाटआमाको मृत्यु भएपछि शिशुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले जिल्लावासी दिनेश खतिवडाले रु ५१ हजार सहयोग गर्नुभएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका खतिवडाले आज मृतकका श्रीमान्को बैंक खातामा उक्त रकम जम्मा गरिदिनुभएको हो । मृतकका श्रीमान्ले आफ्नो पारिवारिक अवस्था अत्यन्त कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको थियो । बाह्रबिसे नगरपालिका–९ राम्चे स्थायी ठेगाना भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणका कारण जेठ १ गते मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !