७ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो, आज बिहान थपिए कोरोनाका नयाँ १७ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

८ जेठ, काठमाडौं । नेपालमा आज बिहान कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले बिहिवार बिहान ६:५० बजे सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार झापामा १५ जना, धनकुटामा १ र सुनसरी जिल्लामा १ जनालाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको हो ।

जस अनुसार झापा जिल्लाको कचनाकवल गाउँपालिकामा-३,६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय १५ जना पुरुषहरु, धनकुटा निवासी ३४ वर्षीय १ जना पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया १ जना
महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४२७ थियो भने आज १७ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४५ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

 

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !