८ बैशाख २०८१, शनिबार

आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित


कोरोना भाइरस (कोभिड-१९)

७ जेठ, काठमाडौं । नेपालमा आज साँझ फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७ जनामा पुष्टि भएको छ । यसको बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि भने गर्न बाँकी छ ।

प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको हो । योसँगै प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा केचनाका ५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी धरान र धनकुटाका १/१ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्रिपरिषद कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ४२७ थियो भने आज बिहान ७ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ४५ पुगेको छ । गुल्मीका कोरोना संक्रमितको १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जना गरी २ जनाको कोरोना भाइरसको संक्रमणवाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा ४५ जनाले जिते कोरोना, आज ८ जना घर फर्किए

नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !