१२ बैशाख २०८१, बुधबार

नारायणी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई कोरोना संक्रमित फरार


नारायणी अस्पताल

बैशाख ३१, पर्सा । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित दुई जना फरार भएका छन् । नारायणी अस्पतालको आइसोलेसन कक्षबाट उनीहरु बुधबार साढे ३ बजे फरार भएका हुन् । उनीहरु दुवैलाई, मङगलबार दिउँसो कोरोना संक्रमणको पुष्टि भएपछि मङगलबार साँझ नै अस्पतालमा ल्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

अस्पतालबाट भाग्नेहरुमा पर्साका विन्दाबासिनी गाउँपालिका घर भइ हाल वीरगन्ज २ मा बस्दै आएका राजनाथ यादव र वीरगन्ज १६ इर्नरुवाका ४४ वर्षीय जावेद मियाँ । अस्पतालको दोस्रो तलामा रहेको सर्जिकल वार्डमा बनाइएको आइसोलेसनमा रहेको शौचालयमा गएका उनीहरु हाम्फालेर भागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ३ जना डिस्चार्ज भइरहेका छन् । नारायणी अस्पतालको आइसोलेन वार्डमा पर्सा, बारा, रौतहट र सर्लाहीका गरेर ६९ जना संक्रमितलाई राखेर उपचार गरिदै आएको थियो। बुधबार दुईजना भागेपछि भने अब अस्पतालमा ६७ जना मात्रै संक्रमित छन् । फरार भएकाहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु