८ बैशाख २०८१, शनिबार

कोरोना सङ्क्रमित निको भएकोमा प्रधानमन्त्री ओलीद्वारा खुशी व्यक्त


केपी शर्मा ओली

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनु भएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कनुभएकामा पनि खुशी व्यक्त गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !