८ बैशाख २०८१, शनिबार

दोस्रो रिपोर्ट पनि आयो पोजेटिभ धनगढीका कोरोना संक्रमित युवकको


कोरोना पोजेटिभ

२३ चैत, कैलाली । धनगढीका ३४ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

ती युवकको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताएका छन् । संक्रमित युवाकी भाउजुमा पनि शनिबार संक्रमण पुष्टि भएको थियो । तर उनकी भाउजूको भने दोस्रोपटक परीक्षण गरिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !