७ बैशाख २०८१, शुक्रबार

विश्वभर कोरोना संक्रमितको संख्या नाघ्यो १२ लाख, निको भएका २ लाख ४६ हजार भन्दा बढी


विश्वभर कोरोना संक्रमितको संख्या

२३ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर कोरोना संक्रमितको संख्या (नेपाली समय आज बिहान १०.३० सम्म) १२ लाख २ हजार ८ सय २७ जना छ ।

चीनको वुहानबाट फैलिएको भाइरसले सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ३ लाख १२ हजार १ सय ४६ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यसैगरी स्पेनमा १ लाख २६ हजार १ सय ६८, इटालीमा १ लाख २४ हजार ६ सय ३२, जर्मनीमा ९६ हजार ९२ र फ्रान्समा ९० हजार ८ सय ४८ मा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६४ हजार ७ सय ७४ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५३६२, स्पेनमा ११९४७, अमेरिकामा ८८८८, फ्रान्समा ७५६० र बेलायतमा ४३१३, इरानमा ३४५२ जनाको मृत्यु भई सकेको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमित २ लाख ४६ हजार ८ सय ८६ मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७७ हजार १ सय ६० जना संक्रमित निको भएका छन् । त्यस्तै, स्पेनमा ३४ हजार २ सय १९, जर्मनीबाट २६ हजार ४ सय, इटालीमा २० हजार ९ सय ९६ जना, इरानवाट १९७३६, फ्रान्समा १५ हजार ५ सय ७२ मानिसहरु निको भएका छन् ।

* यो तथ्यांक नेपाली समय अनुसार आज बिहान १०.३० सम्मको हो 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !