४ बैशाख २०८१, मंगलबार

वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि


वीर अस्पताल

१८ चैत, काठमाडौं । वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । चन्द्रागिरी नगरपालिका-१५ सतुंगलकी ३४ बर्षीय महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा सोमबार विहान मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो । मृतक महिलामा कोरोना भाइरस संक्रमणको आशंका भएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको छ ।

आइतबार बेहोस अवस्थामा अस्पताल ल्याइएकोले इमर्जेन्सीमा भर्ना गरेर उपचार गरिएको थियो । उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । अस्पताल ल्याउँदा उनमा सामान्य ज्वरो र सास फेर्न पनि गर्हो भएको अस्पतालले बताएको थियो ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !