१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरसको महामारी : इटालीमा एकैदिन ८१२ को मृत्यु, स्पेनमा ५३७


कोरोना भाइरस

एजेन्सी, चैत १७ । कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएको इटालीमा सोमबार एकैदिन मात्र संसारमै सबैभन्दा बढी संक्रमणका कारण ८१२ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण ११५९१ को ज्यान गइसकेको छ भने १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार स्पेनमा सोमबार एकैदिनमात्र ५३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ७३४० जनाको ज्यान गइसकेको छ । स्पेनमा अहिलेसम्म ८५ हजार १ सय ९५ जना संक्रमित भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !