७ बैशाख २०८१, शुक्रबार

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु


वीर अस्पताल

१७ चैत, काठमाडौं । काठमाडौंको मुटु वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरी नगरपालिका-१५ सतुंगलकी ३४ बर्षीय युवती छन् ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एभिन्युज टेलिभिजनको ‘कोरोना कहर’ प्रत्यक्ष प्रशारण भईरहेको कार्यक्रममा कुरा गर्दै सो कुरा बताएका छन् । उनीहरु दुवैको कोरोना भाइरस संक्रमणको आशंका भएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको छ । तर रिपोर्ट आई नसकेको पनि बताएका छन् ।

उनका अनुसार युवतीको सोमबार विहान मृत्यु भएको हो । आइतबार बेहोस अवस्थामा अस्पताल ल्याइएकोले इमर्जेन्सीमा भर्ना गरेर उपचार गरिएको थियो । उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् ।

अस्पताल ल्याउँदा उनमा सामान्य ज्वरो र सास फेर्न पनि गर्हो भइरहेको थियो पनि निर्देशक सेञ्चुरीले बताएका छन् । ज्वरो आएर अस्पताल उपचारका लागि आएका अर्का पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !