७ बैशाख २०८१, शुक्रबार

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय


मन्त्रीपरिषद

चैत १६, काठमाडौं । नेपाल सरकारले थप ८ दिन लकडाउन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउन बढाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं अर्थमन्त्र‍ी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्र‍ी  डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन १ हप्तादेखि बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ । कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

साथै आजको बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आय भएका नागरिकहरुका लागि राहतको प्याकेज पनि पारित गरेको छ । औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले आफ्नो दैनिक वा महिनावारी ज्यालादारीमा कार्यरत क्षेत्रले आफ्नो दैनिक २०७६ चैत्र महिनासम्मको भुक्तानी दिनुपर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !