४ बैशाख २०८१, मंगलबार

बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत १ जनाको मृत्यु


बुटवल कोरोना भाइरस उपचार विशेष अस्पताल

१६ चैत, बुटवल । रुपन्देहीको बुटवल कोरोना भाइरस उपचार विशेष अस्पतालको आइसोलेसनमा उपचाररत १ जना युवकको मृत्यु भएको छ । पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३४ वर्षीय युवकको मृत्यु भएको उक्त अस्पतालकाले जानकारी दिएको छ ।

ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाएपनि रिपोर्ट आएको छैन । चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वाब आज मात्र परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालले जानकारी दिएको छ । उक्त मृतकको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरेपनि सुरक्षा अभावमा लैजान सकेको थिएन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !