१३ बैशाख २०८१, बिहिबार

लकडाउन एक हप्ता थप्न समितिको सरकारलाई सिफारिस


कोरोना समिति

चैत १६, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप ७ दिन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।

आज आइतबार नै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ। यस्तै बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरणबारे पनि गर्न सरकारालई सिफारिस गरेको छ ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवत-जावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारलेे यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !