७ बैशाख २०८१, शुक्रबार

कोभिड– १९ : तीन अस्पतालका स्वास्थ्यकर्मीलाई पोशाक सहयोग


स्वास्थ्यकर्मी

कोहलपुर, १४ चैत । उद्योग वाणिज्य सङ्घ नेपालगञ्ज बाँकेले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोकथाम गर्न भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।

सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले ती अस्पतालमा ६२० थान पिपिई हस्तान्तरण गरेको जानकारी दिनुभयो । सङ्घका अध्यक्ष मन्सुरीले चिकित्सकको सल्लाह अनुसार स्थानीय स्तरमा पिपिई तयार पारी वितरण गरिएको जानकारी दिँदै कोरोना विरुद्धको अभियानमा सङ्घले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

भाटभटेनी सुपरमार्केट खुला
लकडाउनको समयमा सर्वसाधारणलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुन नदिन नेपालगञ्जको भाटभटेनी सुपर मार्केटले खाद्यान्न पसल सञ्चालन गरेको छ । भाटभटेनी बाँके नेपालगञ्जका प्रबन्धक विनोद भट्टराईले बाँके प्रशासनको समन्वयमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको सहजताका लागि खुल्ला गरिएको बताउनुभयो ।

दैनिक उपभोग्य वस्तु उपभोक्तालाई सहजै उपलब्ध गराउनका लागि बिक्रेतालाई पसल सञ्चालन गर्न आग्रह गरिएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !