११ बैशाख २०८१, मंगलबार

कोरोना भाइरस महामारी : ट्रम्प र सी जिनफिङ छलफल गर्दै


ट्रम्प र सी जिनफिङ

एजेन्सी, चैत १४ । विश्वभर अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरस महामारीबारे चिनियाँ राष्ट्रपति सी जिनफिङसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छलफल गर्ने बताएका छन् । नोबेल कोरोना भाइरसले अमेरिकामा सक्रमितको संख्या ह्वात्तै बढेकाले यस्तो निर्णय लिन परेको छ भनेका छन् ।

कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने समय आएको छ भनेका छन् । अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि पत्रकार सम्मेलन गर्दै उनले चिनियाँ समकक्षी सी जिनफिङसँग टेलिफोन मार्फत कुराकानी गर्ने जनाएका हुन् ।

ट्रम्पले बिहीबारको पत्रकार सम्मेलनमा बताएअनुसार उनले चिनियाँ राष्ट्रपति सिसँग शुक्रबार रातको आन्दाजी ९ बजे कुरा गर्ने भनेका छन् ।अमेरिकामा हालसम्म ८२ हजार ४ सय ४ जना संक्रमित भेटिएका छन् जानकारी दिएका छन् ।

अमेरिकामा देशव्यापी रूपमा नेपालले जस्तै लकडाउन नगरेको भन्ने खबर बाहिरिएको छ । जहाँ लापरर्वाही त्यहाँ सक्रमितको खतरा बढ्न सक्ने खतरा हुन सक्छ । संक्रमितको संख्या इटालीको भन्दा अमेरिकामा बढी भएको भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !