४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरस महामारी : इटलीमा एकैदिन ६८३, स्पेनमा ६५६ को मृत्यु


कोरोना भाइरस इटलीमा मृत्यु

१३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट इटालीमा बुधबार ६८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७५०० नाघेको छ । यससँगै इटलीमा मृतकको संख्या ७५०३ पुगेको छ भने स्पेनमा ३६४७ ले ज्यान गुमाइसकेका छन् ।

बुधबार मात्र इटलीमा ५२१० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४३८६ संक्रमित छन् जसमध्ये ३४८९ को अवस्था गम्भीर छ । चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा चीनमा भन्दा दोब्बरभन्दा पनि बढी मानिसको ज्यान गइसकेको छ । साथै स्पेनमा ७४५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९५१५ पुगेको छ जसमध्ये ३१६६ को अवस्था नाजुक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !