१३ बैशाख २०८१, बिहिबार

कोरोनावाट संक्रमित तेस्रो नेपाली कतारबाट आई बसेका थिए होटलमा – मन्त्री ढकाल


भानुभक्त ढकाल

चैत १२, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित तेस्रो नेपाली व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । उक्त अस्पतालमा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित भेटिए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !