६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो


कोरोना भाइरस

सुर्खेत, साउन २५ । कर्णाली प्रदेशमा आज दिउसो २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २००३ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका १ जना, सल्यानमा ६ जना र दैलेखका १७ जना गरी २४ जना रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या २००३ , आज २४ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !