१३ बैशाख २०८१, बिहिबार

धरानमा थप ९ जनामा देखियो कोरोना संक्रमण


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, साउन २६ । पूर्वको सुन्दर शहर धरान उपमहानगरपालिकामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो ।

आज कोरोना संक्रमण देखिनेहरुमध्ये ४ जना भारतीय सेनामा कार्यरत पुरुषहरु, २ जना दुर्वईबाट नेपाल आएका पुरुषहरू र धरान-१० का २ जानका महिलाहरु र धरान-१९ का १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

दुबईबाट आएर क्वारेन्टाइनमा बसेर पहिलो पटक पीसीआर रिपोर्ट नेगेटिभ आएर घर गएका उनीहरुको दोस्रो पीसीआर रिपोर्ट सोमबार पोजिटिभ आएको हो । धरानमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुदै जाँदा अस्पतालमा बेड अभाव भएको छ । वीपी प्रतिष्ठानमा १०० बेडको कोभिड अस्पतालको बेड भरिएपछि अन्य संक्रमितको उपचारमा समस्यामा भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !