१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६२०


कोरोना भाइरस

२६ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६२० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमित थपिएकाहरुमा नवलपरासी (ब.सु.पू.) मा २ जना, पर्वतमा १ जना, स्याङजाका १ जना, तनहुँका २ जना र कास्कीका २ जना रहेका छन् ।  आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

साथै गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कुल ६०९ नमुना परिक्षण गरिएको छ । जसमा क्षयरोग उपचार केन्द्र, पोखरामा नवलपुर (ब.सु.पू.) ९, तनहुँ ५९, लमजुङ ३०, स्याङजा १५६, पर्बत ४२, बाग्लुङ २५, म्याग्दी १०६ र कास्की १३६ नमुना परिक्षण भएको जानकारी। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी दिएका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कास्कीका ४६ नमुना परिक्षण भएकोमा सबैको परिणाम नेगेटिभ आएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १४७० पुगेको छ, जसमा गत २४ घण्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

 

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६२०

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज एकैदिन २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६११


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !