८ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो


मृत्यु-निधन

काठमाडौं, साउन २५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमित कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुषको हिजो शनिबार साउन २४ गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । मधुमेहका रोगी ती पुरुषमा साउन १७ गते कोभिड-१९ पुष्टि भएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो ।

साथै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-२ बस्‍ने २० वर्षीया महिलाको हिजो शनिबार साउन २४ गते दिउँसो मृत्यु भएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालममा पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृत्युपछि ती महिलाको स्वाब परीक्षण गर्दा आज आइतबार कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !