८ बैशाख २०८१, शनिबार

पोखरामा आज थपिए कोरोनाका २ जना नयाँ संक्रमित


पोखरा

पोखरा, २३ साउन । गण्डकी प्रदेशको राजधानी पोखरामा आज २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका-२ र ८ का २ जना पुरुषहरु रहेका छन् ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज कोरोना संक्रमण पुष्टि हनेहरु २० र ५१ वर्षका पुरुष रहेका छन् । आज शुक्रबार बिहान गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा स्याङ्जाको गल्याङमा १ जना र नवलपरासी पूर्वमा १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !