१३ बैशाख २०८१, बिहिबार

रुसमा कोरोनाको खोपको क्लिनिकल परीक्षण सफल भएको दावी


कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण सफल

एजेन्सी, असार २८ । रुसको एक विश्वविद्यालयले कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको दावी गरेको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् ।

सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो । यसको क्लिनिकल परीक्षण गत जुन १८ देखि शुरु गरिएको थियो ।

खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वका वैज्ञानिकहरुले कोभिड १९ को खोप २०२० को अन्त्य सम्ममा सार्वजनिक भइसक्ने बताएका छन् । तर आम रुपमा सर्वसुलभ बनाउन थप समय लाग्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !