८ बैशाख २०८१, शनिबार

विदेशमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त


‘कोरोना फ्री‘

काठमाडौँ, २८ असार । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन नभएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको सङ्ख्या र सङ्क्रमणको दर उल्लेख्यरुपमा कमी हँुदै गएको छ । सङ्घका अनुसार जम्मा कोराना सङ्क्रमितमध्ये ९२ प्रतिशत नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

शनिबार साँझसम्म विश्वभर सङ्क्रमित २९ हजार ६२४ जना नेपालीमध्ये २७ हजार ३६२ जना सङ्क्रमणमुक्त भएको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरबलगायतका देशमा रहेका नेपालीमा सो साता कोरोना सङ्क्रमण दर सामान्यरुपमा वृद्धि भएको छ । गत सातासम्म विभिन्न १४ देशमा कूल १४३ जना नेपालीको कोरोनाका कारण ज्यान गएको सङ्घले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !