१३ बैशाख २०८१, बिहिबार

ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि


ऐश्वर्या राय र उनकी छोरी आराध्या

नयाँ दिल्ली, असार २८ । बलिउड अभिनेत्री ऐश्वर्या रायमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ऐश्वर्यासँगै उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ ।

यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

पहिलो पटक गरिएको परिक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । आज बिहान गरिएको एन्टिजन टेष्टमा उनीहरुको रिपोर्ट नेगिटिभ आएको थियो । दुबैमा सामान्य लक्षण रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि ४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा ४ जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !