१३ बैशाख २०८१, बिहिबार

काजखस्तानको निमोनिया कोभिड-१९ हुनसक्छ : विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठन

जेनेभा, २७ असार । विश्व स्वास्थ्य संगठनले काजखस्तानमा हालै देखिएको भनिएको निमोनियाको प्रकोप पनि कोभिड-१९ हुन सक्ने बताएको छ । तर त्यस विषयमा उक्त संगठनका स्वास्थ्य विज्ञहरुले अनुसन्धान थालेका पनि बताएको छ । हालैमात्र काजखस्तानमा अज्ञात निमोनियाजस्तो देखिने रोगको प्रकोप फैलिएको समाचार आएको थियो ।

विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइकेल रायनले सो विषयमा शनिबार जानकारी दिनुभएको छ । उहाँले मध्य एसियाली देश काजखस्तानमा केही दिन यतादेखि निमोनियाजस्तो देखिने रोगको संक्रमण बढेको भन्ने विषयमा समाचार आएको र त्यस बारेमा अनुसन्धान गर्न यस संगठनका विज्ञहरु पुगेको बताउनु भएको हो ।

त्यस प्रकोपबाट मात्र पछिल्ला केही दिनयता मात्र त्यस देशमा १ हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको समाचार बाहिर आएको थियो । साथै उहाँले पछिल्लो समयमा त्यस देशमा कोभिड १९ को धेरै ठूलो प्रकोप बढिरहेको देखिएको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो– पछिल्ला दिनहरुमा सो देशमा कोभिड १९ को पनि ठूलो महामारी बढिरहेको छ, गएको हप्तादिनमा मात्र त्यहाँ कम्तीमा पनि १० हजार जनालाई यो महामारीको प्रकोप देखापरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !