६ बैशाख २०८१, बिहिबार

बोलिभिया सिनेटका अध्यक्षमा कोरोना भाइरस पोजेटिभ


मोनिका इभा कोपा

सुक्रे, बोलिभिया, २७ असार । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताउनु भएको छ । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गर्नु भएको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो ।

विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उहाँले बताउनु भएको छ । ‘मेरो अवस्था स्थिर छ, र म आफ्ना कर्तव्यहरू पूरा गर्छु , अलग्गै बसेर नैं काम गर्ने छ,ु कोपाले शुक्रबार अबेर राति गर्नु भएको आफ्नो ट्विटर पृष्ठमा लेख्नु भएको छ । ,

जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यांककाअनुसार विश्वमा १ करोड २६ लाख भन्दा बढी मानिसहरूलाई कोरोनाभाइरस संक्रमित भइसकेको छ । त्यसैगरी ५ लाख ६३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी यस मुलुक बोलिभियामा हालसम्म ४५ हजार भन्दा धेरै कोभिड १९ संक्रमित देखिसकेका छन् । यो देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ७०२ भन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसबीच बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन आनेजको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो । उहाँले शुक्रबार आफैले यसको जानकारी दिनु भएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !