८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसबाट विश्वभरी एक करोड २० लाख संक्रमित


विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?

मेरील्याण्ड, २५ असार । विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड–१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे छ । कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङख्या सवैभन्दा धेरै रहेको छ ।

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको छ । त्यसैगरी ३० लाख ५५ हजार १४४ जना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो ।

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको छ । ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित भएका छन् भने ६७ हजार ९६४ जनाको मृत्यु भएको छ । बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस र पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !