७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११४९


कोभिड-१९

२५ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा ५ जना, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ११ जना, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखी सकिएको छ भने अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।

गण्डकी प्रदेशमा आज फेरि २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११४९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !