१३ बैशाख २०८१, बिहिबार

नेपालका यी पाँच जिल्लाहरु भए ‘कोरोना फ्री‘


‘कोरोना फ्री‘

काठमाडौँ, असार २४ । नेपालका पाँच जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला र सुदूरपश्चिम प्रदेशको दार्चुलामा पहिले कोरोना संक्रमितहरु देखिएपनि अहिले निको भएर घर फर्किसकेकोले गर्दा यी जिल्लाहरु ‘कोरोना फ्री’ भएका हुन् । आज बुधवार सुदूरपश्चिम प्रदेशको दार्चुला २० संक्रमित नै निको भएर डिस्चार्ज भएपछि नेपालका ५ वटा जिल्ला कोरोनामुक्त भएका हुन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६४२३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २५३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७७५२ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !