४ बैशाख २०८१, मंगलबार

नेपालका यी चार जिल्लाहरु भए ‘कोरोना फ्री‘


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असार २३ । नेपालका चार जिल्लामा कोरोना भाइरसका संक्रमित अहिले नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा पहिले कोरोना संक्रमितहरु देखिएपनि अहिले निको भएर घर फर्किसकेकोले गर्दा यी जिल्लाहरु ‘कोरोना फ्री’ भएका हुन् ।

केहि समयअघिसम्म ७७ जिल्लामै कोरोना देखिएकोमा अहिले यी ४ जिल्ला कोरोना फ्री भएका हुन् । अरू जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको उनले जानकारी दिए ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २०४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६१६८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ६८८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७४९९ पुगेको छ । काठमाडौं उपत्यकामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !