१२ बैशाख २०८१, बुधबार

गंगालालमा उपचाररत ७ जनामा देखियो कोरोना संक्रमण, आकस्मिक बाहेकका सबै सेवा बन्द


शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

काठमाडौं, २३ असार । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले यसको आधिकारिक पुष्टि गरेका छन् । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ । थप सतर्कताका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीमा संक्रमण देखिएको भन्दै बाँकी जानकारी मन्त्रालयले गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !