७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३० जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, असार २१ । काठमाडौं उपत्यकामा आज थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २७ जना, ललितपुर जिल्लाका २ जना र भक्तपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा असार १८ गते बिहिवार ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना रहेका छन् । साथै शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस् 

काठमाडौं जिल्लामा आज देखियो २७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज देखियो ३२ जनामा कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !