८ बैशाख २०८१, शनिबार

संक्रमणका कारण मृत्यु भएका व्यक्तिबाट कोरोना सर्छ की सर्दैन ?


कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको गरियो दाहसंस्कार

काठमाडौँ, २१ असार । कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा प्रदर्शन हुन थालेपछि मन्त्रालयले शनिबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो । मृत्यु भइसकेका व्यक्तिबाट कोरोना संक्रमण नसर्ने बताउदै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेका छन् ।

यस्तै, मृतकको शव जलाएर व्यवस्थापन मात्र नभइ गाडेर वा अन्य तरिकाले समेत गर्न सकिने गौतमले बताए ।कोरोना संक्रमण खोक्दा, बोल्दा, हाछ्युँ गर्दा निस्कने थुकको छिटाबाट मात्रै सर्ने खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !