, गण्डकी प्रदेशमा आज बिहानै ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९१

गण्डकी प्रदेशमा आज बिहानै ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९१

गण्डकी प्रदेशमा संक्रमितको संख्या १०९१, आज बिहानै ३ जनामा कोरोना पुष्टि

२१ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा तनहुँका २ जना र बाग्लुङ्गका १ जना रहेका छन् । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।