८ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८८


कोरोना भाइरस

२० असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान फेरि ११:४० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा गोरखाका ५ जना र कास्कीका ४ जना रहेका छन् । आज संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिकाका ४ जना पुरुषहरु रहेका छन् भने गोरखाको पालुङटार नगरपालिकाका ३ जना र लखन थापा गाउँपालिकामा २ जना गरी ५ जना गरी जम्मा ९ जना रहेका छन् ।

आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गोरखा जिल्ला, पालुंगटार नगरपालिका-७, बर्ष ४४ का १ जना कोरोना संक्रमित पुरुषको आज बिहान ५:०५ बजे गोरखा अस्पतालमा मृत्यु भएकोले उनको शव ब्यबस्थापनको तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !