१३ बैशाख २०८१, बिहिबार

काठमाडौं जिल्लामा आज देखियो २७ जनामा कोरोना संक्रमण


कोरोना भाइरस

काठमाडौं, असार २१ । काठमाडौं जिल्लामा आज थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २७ जनामा कोरोना संक्रमण देखिएको छ ।  प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना रहेका छन् ।

यो पनि पढ्नुहोस् 

काठमाडौं उपत्यकामा आज देखियो ३२ जनामा कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !