४ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३९ जना नयाँ संक्रमित


कोभिड-१९

धनगढी, असार १९ । सुदूरपश्चिम प्रदेशमा आज थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा ९ जना महिलाहरु र ३० जना पुरुषहरु गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका ३ जना, मंगलसेन अछामका २ जना, चुरे गाउँपालिका कैलालीका २ जना रहेका छन् ।

साथै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका १/१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा २६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३९ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !